सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, एसपिए प्रथम

२०७६ भदौ ११, ०६:२७ खबर संवाददाता

धनगढीमा एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा भएको दुई दिने एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सकिएको हो। हाजिरीजवाफ प्रतियोगितामा सुदुरपश्चिमाञ्चल एकेडेमी प्रथम भएको छ।

फाईनल चरणमा पुगेका ६ टीम बीचको खेलमा ९५ अंक प्राप्त गर्दै सुदुरपश्चिमाञ्चल ऐकेडेमी पहिलो भएको हो। पहिलो भएको एकेडेमीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ। यो टोलीले आईईएलएसमा शत प्रतिशत छुट समेत पाएको छ।

यस्तै नाष्ट कलेज प्रतियोगितामा दोस्रो भएको छ। ७० अंक पाएको नाष्टले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ भने आईईएलएसमा ५० प्रतिशत छुट समेत पाएको छ।

यस्तै धनगढीकै ग्यालेक्सी मावि तेस्रो भएको छ्। फाईनल चरणमा तीन टीमको समान अंक भएपछि तीन टीम बीच प्रतिस्पर्धा गराएर तेस्रो बनाईएको थियो। ग्यालेक्सी सहित त्रिनगर मावि र एक्सीस विद्याश्रमले समान ५० अंक पाएका थिए। ग्यालेक्सीले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ भने आईईएलएसमा २५ प्रतिशत छुट समेत पाएको छ। 

 

 

कमेन्ट लोड गर्नुस