सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८३ वैशाख २३, ०७:२९
कञ्चनपुरः सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ कात्तिक २४ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र ३ हजार जरीवाना तोकिएको पुनर्वास नगरपालिका–९ बिचफाटा बस्ने ४१ वर्षीय बिरबहादुर बुढा पक्राउ परेका हुन्। बुढालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार सोही नगरपालिका–१० दोधा पुलबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस