सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ

२०८३ वैशाख २३, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १३० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने तिन जना किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। 

यसैगरी, गौरीगंगा नगरपालिका–७ मनकापुर स्थित मसुरिया तालबन्दा भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३२० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय जय कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरीले कुमाललाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस