सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८३ वैशाख २२, ०७:५३ खबर संवाददाता

काठमाडौँ: हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभववाले दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणता बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ।

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। 

कमेन्ट लोड गर्नुस