सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

२०८३ वैशाख २१, ०२:११ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बेलडाँडी गाउँपालिका वडा नं. ५ झिलमिला शक्तिफार्म स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका-५ बस्ने राम बहादुर कठायत र सोही स्थानका हर्क बहादुर बुढा रहेका छन्। उनीहरू भे १३ प ५३०३ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए।


प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार हर्क बहादुर बुढाले हातमा लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ८१० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला परेको थियो।


प्रहरीले लागुऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस