डोटीकी एक महिला कैलालीको गोदावरीबाट सम्पर्क विहीन
धनगढीः डोटीकी एक महिला कैलालीको गोदावरीबाट सम्पर्क विहीन भएकी छिन्।
डोटीको दिपायल सिलगढी नगरपालिका-८ की अन्दाजी ७० वर्षीया देबभू देबी कुन्जेडा बुधवार १६ गतेदेखि गोदावरी नगरपालिका वडा नम्बर-२ मा रहेको घरबाट सम्पर्क विहीन भएकी उनका ज्वाई चन्द्र वलीले जानकारी दिए।
वलीले स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई समेत जानकारी गराइएको र खोजी कार्यलाई थप प्रभावकारी बनाउन सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्। सार्वजनिक स्थल, सडक आसपास, बजार क्षेत्र तथा नजिकका गाउँमा कुन्जेडालाई कसैले देखे वा भेटेमा सम्पर्क नम्बर ९८०४६९१७९५, ९७०४४०७१२६, +९७७९८२५६०५१०२ वा नजिकैको प्रहरीलाई सम्पर्क गरिदिन आग्रह गरेका छन्।