सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ र बैतडीमा आगलागी, ४ चौपायाको जलेर मरे

२०८३ वैशाख १६, ०७:४६ खबर संवाददाता

धनगढीः बझाङ र बैतडीमा आगलागी भएको छ।

बझाङको मष्टा गाउँपालिका–५ द्धारी बस्ने राजेन्द्र कठायतको घरमा गएराति आगलागी हुँदा गोठमा बाधेका २ वटा गोरुको जलेर मरेका हुन्। आगलागीबाट घर पुर्ण रुपमा जलेको, मानविय क्षती केही नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यस्तै बैतडीको सिगास गाउँपालिका–५ ठुला खोला स्थित जगनाथ धामीको गोठमा मंगलबार दिउसो आगलागी हुँदा २ वटा भैसी जलेर मरेका छन् र २ वटा भैसी जली घाईते भएका छन्। आगलागीबाट गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस