कैलाली र कञ्चनपुरबाट एक महिला र एक पुरुष फरार प्रतिवादी पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट एक महिला र एक पुरुष फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा १८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–१८ बस्ने गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
यस्तै जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ जेठ ३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र ३ लाख जरिवाना तोकिएको शुक्लाफाँटा नगरपालिका–१० बस्ने ४५ वर्षीय मोहन सिह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो भीमदत्त नगरपालिका–४ दशरथचोक निजकैबाट पक्राउ गरेका बताएको छ।