सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट ११ जना जुवाडे पक्राउ

२०८३ वैशाख १६, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट ११ जना जुवाडे पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–२ बिजयनगरका ४५ वर्षीय आशाराम चौधरीको घरगोठमा जुवातास खेलिरहेको अवस्थामा निज आशाराम चौधरीसहित ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९०५ र ४ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस