धनगढीबाट ६ जना जुवाडे पक्राउ
धनगढीः धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ शान्तिनगरबाट सोही ठाउँ बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा निज धर्बेन्द्र कोलीसहित ६ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय र ६ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।