सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ

२०८३ वैशाख १४, ०७:०६ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षकी रक्षा लामिछाने पक्राउ परेकी हुन्। लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस