सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला

२०८३ वैशाख १३, ११:४० खबर संवाददाता

कैलाली: कैलाली जिल्लाको जानकी गाउँपालिका–९, कतासेस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुने व्यक्ति सोही गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारु रहेको प्रहरीले जनाएको छ।

शनिबार फेला परेको शवबारे स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक विवरणअनुसार नहरमा शव देखिएपछि उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस