गड्डाचौकी नाकाबाट खैरो हेरोइनसहित एक पक्राउ
कञ्चनपुर:कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित ७ नम्बर क्षेत्र नजिकबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दिउँसो गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भीमदत्त नगरपालिका–६ का ३१ वर्षीय राम धानुकलाई चेकजाँच गर्ने क्रममा ४.८६ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको टोलीले आवश्यक प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।