सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालयौन दुरुप्रयोग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ वैशाख ५, ०७:४७ खबर संवाददाता

कञ्चनपुरः बालयौन दुरुप्रयोग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ पुस ७ गतेको फैसलाले बालयौन दुरुप्रयोग मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरीवाना तोकिएको लालझाडी गाउँपालिका-६ चान्देव बस्ने ६५ वर्षीय प्रेमबहादुर ऐर पक्राउ परेका हुन्। ऐरलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस