दार्चुलामा जिप दुुर्घट्ना, तीन जना घाइते
दार्चुलाः दार्चुलामा जिप दुर्घट्ना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।
जिल्लाको महाकाली नगरपालिका –८ धौकोटमा आज दिउँसो भएकोे जिप दुर्घटनामा सोही ठाउँका अन्दाजी ७५ वर्षीय परमानन्द भट्ट, ३२ वर्षीया चन्द्रदेवी भट्ट र जिप चालक देबसिंह विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीले जानकारी दिए।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ३९१ नम्बरको जिप दुर्घटनामा परेको हो। स्थानीय बजार धापबाट धौकोटतर्फ गइरहेको जिप दुर्घटनामा परेको उनले बताए। जिप चालकसहित तीन जना मात्र सवार रहेको बताइएको छ। घाइते तीनै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।