बैङ्किङ कसुर मुद्दामा चालिस लाख जरिवाना तोकिएकी डोटीकी एक महिला पक्राउ
डोटीः बैङ्किङ कसुर मुद्दामा चालिस लाख जरिवाना तोकिएकी डोटीकी एक महिला पक्राउ परेकी छिन्।
जिल्ला अदालत डोटीको मिति २०८२ श्रावन २६ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १० दिन कैद सजाय र ४० लाख जरिवाना तोकिएकी डोटीको आदर्श गाउँपालिका–३ बस्ने ४० वर्षकी सन्जा कुमारी कठायत रोकाया पक्राउ परेकी हुन्। रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पक्राउ गरेको जनाएको छ।