सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मार्तडी–कोल्टी सडक कालोपत्रेमा ढिलाइ, यात्रु जोखिममा

२०८२ चैत्र २६, ०२:४३

बाजुराः बाजुराको मार्तडी कोल्टी सडक निर्माणको काम कछुवा गतिमा भएको छ । सदरमुकाम मार्तडी–कोल्टीमा सम्मको झण्डै ४२ किलोमिटर यो सडक अझै कालोपत्रे हुन सकेको छैन। 

सो सडक कालोपत्रे नहुँदा यहाँ धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडांै लगायतका विभिन्न ठाउँमा मार्तडी देखि कोल्टी आउने लामो दुरीका सवारी साधानलाई निकै जोखिमको अवस्था भएको छ । 

ठेकेदार कम्पनीले कालोपत्रेका जिम्मा लिएको झण्डै सात वर्ष हुँदासम्म पनि जिल्लाको मार्तडी कोल्टी सडक अझै कालोपत्रे नभएको स्थानीय बताउँछन् । 

सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले सडक कालोपेत्र नहुँदा यहाँ चल्ने गरेका सवारी साधनलाई जोखिम पूर्ण यात्रा गर्नु परेको बताए। उनले भने, ‘मार्तडी–कोल्टी सडकमा अहिले यहाँ सवारी साधानलाई चलाउन निकै सकस हुने गरेको छ । यहाँका स्थानीयको आवश्यत्ता लागि हामी जबरजस्ती गाडी कोल्टी लिने गरेका छौँ ।’ 

सडक सञ्चालनमा आएपनि यहाँ रहेका खाल्डा खुल्डीका कारण यतीबेला लामो दुरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताए। 

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडी देखि चुथी सम्मको ९ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भएपनि उता ढम्कने देखि कोल्टी सम्मको ३१ किलोमिटर सडक भने अँझै पीच भएको छैन ।  ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाइ भएपछि अहिले मार्तडी देखि कोल्टी सम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधै सास्ती खेप्नु परेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेका छन् ।

कात्तिकदेखि कोल्टीमा बस सञ्चालन भएको दुइ महिनामै सुदूरपश्चिम र महाकाली गरी दुइ वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गुमाउनु परेको थियो । भने दर्जनौ यात्रु घाइते भएका थिए । 

आफूले अरुलाई जिम्मा दिएको र उहाँहरुले काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ।

ठेकेदार कम्पनीलाई फोन गर्दा उनले यो वर्षमा मार्तडी कोल्टी सडक निर्माणको काम पुरा गर्ने गरी आफु काठमाण्डौ देखि बाजुरा आउन लागेको ठेकेदार कम्पनीका मालिक राजु बाँनीयाले बताए।  

यती बेला ठेकेदार कम्पनीले आफैले काम गर्ने गरी काम सुरु गरेको छ । उनले जिम्मा दिएका ठेकेदारले काम नगर्दा पहिला यो सडक मर्मत गर्नु पर्ने समस्या हुन्थ्यो । अहिले त्यसमा उनले आफैले काम गर्ने भएकोले उक्त समस्या नहुने बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले बताए।  

‘हामीले धेरै पटक सो कम्पनीलाई फोन गरेका छौ । अहिले बल्ल ठेकेदार सँग कुरा भएको छ । केही समय पछि उहाँले आफूले जिम्मा लिएको सो काम आफैले पुरा गर्ने गरी काम सुरु गरेको छ’ भौतिक पुर्वाधार कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले भने। 
 

कमेन्ट लोड गर्नुस