टीकापुरका २ जना लागूऔषधसहित पक्राउ
२०८२ चैत्र २३, १०:४१
धनगढीः कैलालीको टीकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ बस्ने २० वर्षीय बिशाल चौधरी र टीकापुर नगरपालिका–४ बस्ने १८ वर्षीय किशोर रहेका छन्। टीकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन ९७० मिलिग्रामसहित दुबै जनालाई आईतवार बेलुकी प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस