कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ
कैलाली: धनगढी उपमहानगरपालिका–१२ जुगेडा कटान क्षेत्रमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय शिवराज बि.क. र एक १८ वर्षीय किशोर रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइन जस्तो देखिने ८३० मिलिग्राम धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।