धनगढी-४ स्थित अर्बन भट्टीबाट केटिएम ड्यूक २५० बाइक चोरी
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत उत्तरबेहडी अर्बन भट्टी क्षेत्रबाट एक मोटरसाइकल चोरी भएको छ।
मिलन चौधरीको नाममा दर्ता रहेको २०२० मोडेलको KTM Duke २५० सिसी बाइक शुक्रबार राति करिब ९:१५ बजे चोरी भएको हो। बागमती प्रदेश–०२–०१७ प ४४९५ नम्बर प्लेट भएको उक्त बाइक सुन्तला (अरेन्ज) र कालो रङको रहेको छ।
पीडितका अनुसार बाइक पार्किङमा राखिएको अवस्थामा अज्ञात व्यक्तिले चोरी गरेको हो। घटनामा संलग्न भएको आशंका गरिएको एक युवक सेतो टिसर्ट र सेतो पाइन्ट लगाएको अवस्थामा देखिएको बताइएको छ।
घटनापछि पीडितले स्थानीय प्रहरीलाई जानकारी गराइसकेका छन् भने खोजी कार्य जारी रहेको जनाइएको छ।
बाइक सम्बन्धी कुनै सूचना प्राप्त भएमा ९७६६४००२२५ वा ९८२४६१९२६८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।