सुदूर नेपाललाई विश्वसँग जोड्दै

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान

२०८२ चैत्र २१, ०७:०३ खबर संवाददाता

काठमाडौँः शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

पक्राउ परेका अग्रवालसँग विभागले शुक्रबार अपराह्न ४ बजेदेखि बयान लिएको थियो। बयानपछि उनलाई नेपाल प्रहरीको जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले अग्रवाल हिरासतमा रहेको पुष्टि गर्दै भने, 'उहाँलाई हामीले पक्राउ गरेका होइनौँ, सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न पठाएको हो।'

कमेन्ट लोड गर्नुस