नेकपा एमालेद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक बधाई
काठमाडौँः नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रूपमा बधाई दिएको छ।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शाहको नेतृत्वमा सरकार गठन सफल भएकोमा बधाई दिने निर्णय गरेको हो। पार्टीले जारी गरेको निर्णयमा 'भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्रिपरिषद्लाई बधाई' उल्लेख गरिएको छ।
यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र तथा बाहिर आलोचना भएको थियो।