अत्तरियाको दुर्गालक्ष्मी मावि र एलआरआईबीच शैक्षिक सहकार्य, विद्यालयलाई बस सहयोग
धनगढीः कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माद्यमिक विद्यालय र काठमाडौँस्थित लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) बीच शैक्षिक समझदारी भएको छ। बिहीबार सम्पन्न उक्त समझदारीमार्फत दुई विद्यालयबीच सहकार्य औपचारिक बनेको हो।
समझदारीपत्रमा दुर्गालक्ष्मी नमुना मावि व्यवास्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराई र एलआरआईकी अध्यक्ष यास्रिका पन्तले हस्ताक्षर गरेका छन्।
विद्यालयका अध्यक्ष भट्टराईका अनुसार यो सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलाप तथा असल अभ्यासहरूको आदानप्रदानमा टेवा पुर्याउनेछ। उनले एलआरआईसँगको सहकार्यले आफ्ना विद्यार्थीहरूको शैक्षिक स्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यसैबीच, एलआरआईले दुर्गालक्ष्मी माविलाई बससमेत सहयोग गरेको छ। उपहारस्वरूप प्रदान गरिएको उक्त बसले टाढाबाट आउने विद्यार्थीहरूलाई विद्यालय आउन सहजता हुने अपेक्षा गरिएको छ।