जिल्ला अस्पताल बझाङको अध्यक्षमा खड्का नियुक
बझाङ: जिल्ला अस्पताल बझाङको अध्यक्षमा विरेन्द्रबहादुर खड्का नियुक्त भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासनमा अनुभव बटुलेका खड्का नेतृत्वमा आएपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।
जयपृथ्वी नगरपालिका–३, पडेशका खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा एमएड गरेका छन्व। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियु हुँदै केन्द्रीय सदस्यसम्म पुगेका थिए ।
गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ लगायतका कार्यक्रममा सक्रिय खड्का स्वास्थ्य क्षेत्रमा पारदर्शिता र जवाफदेहितामा पनि संलग्न रहँदै आएका छन् ।
नवनियुक्त अध्यक्ष खड्काले अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयवासीले उनको नेतृत्वमा अस्पतालले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।