सुदूर नेपाललाई विश्वसँग जोड्दै

“आँशु पछी हाँस भन्छन्” गीत सार्वजनिक

२०८२ चैत्र १८, ०६:२२ खबर संवाददाता

धनगढी: नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थपिएको छ। “आँशु पछी हाँस भन्छन्” बोलको गीत सार्वजनिक गरिएको हो, जसले श्रोता तथा दर्शकमाझ भावनात्मक सन्देश प्रस्तुत गर्ने विश्वास गरिएको छ।

उक्त गीतमा गायिका अनिता लामिछानेको स्वर रहेको छ भने म्युजिक भिडियोमा नवराज रिमाल, सरस्वती धामी र स्वयं अनिता लामिछानेको अभिनय देख्न सकिन्छ। गीतलाई निर्देशक अनिल चौधरीले निर्देशन गरेका हुन्।

संगीतकार बलु तामाङले गीतमा संगीत भरेका छन् भने एरेन्ज, मिक्सिङ तथा थप संगीत संयोजन सुनिल बुढा मगरले गरेका छन्।

 

कमेन्ट लोड गर्नुस