सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुहाङ नेम्वाङले एमाले संसदीय दलको नेतामा दाबी पेश

२०८२ चैत्र १८, ०२:०९ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको वर्तमान जनभावना र आवश्यकतालाई ध्यानमा राख्दै नेतृत्व लिन इच्छा व्यक्त गरेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार उनले पार्टीको विधि, पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्।

नेम्वाङले देशको वर्तमान परिस्थिति र सदन भित्र तथा बाहिरको अवस्थालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै आफ्नो धारणा स्पष्ट पारे। साथै, उनले आफ्नो प्रस्तुति अग्रजहरूको विकल्पका रूपमा नभई उनीहरूको अनुभव र आशीर्वादसँगै युवाको ऊर्जा जोड्ने प्रयास भएको बताएका छन्।

उनले पार्टीले अंगालेको प्रतिस्पर्धात्मक प्रणाली र लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्नुपर्ने विषयमा नेतृत्वलाई स्मरण गराएका छन्।

बादलको अध्यक्षतामा जारी बैठकमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल लगायतका शीर्ष नेताहरू सहभागी छन्।

कमेन्ट लोड गर्नुस