कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–९ बालुवाटारबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही नगरपालिका १ ब्लक नम्बर ९ बस्ने २० वर्षीय मुकेश बोहरा र सोही ठाउँ ब्लक नम्बर १३ बस्ने २५ वर्षीय महेश रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यसैगरी लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट १२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने बर्ष १९ को राजेश सोप बराल मंगलबार राति पक्राउ परेका हुन्। बराललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।