जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमाले कार्यकर्ता पक्राउ
ललितपुर: जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेकपा एमालेको आन्दोलनको क्रममा चैत १५ गते ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पतालअगाडि सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने जिल्ला ललितपुर गोदावरी नगरपालिका–१० टाखेल बस्ने करिब ३० वर्षीय रामशरण शर्मा बजगाईं पक्राउ परेका हुन्।
प्रहरीका अनुसार ‘आरबी शर्मा’ नामले चिनिने उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।