सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जिप दुर्घटनाका घाइते तीन जनाको माया मेट्रोमा उपचार हुँदै

२०८२ चैत्र १७, ०८:४० खबर संवाददाता

धनगढीः दार्चुला जिप दुर्घटनाका घाइते तीन जनाको माया मेट्रोमा उपचार भइरहेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जिप दुर्घटनामा घाइते भएका तीन जनाको माया मेट्रोमा उपचार सुरु भएको छ।

आज बिहान ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । घाइते तीन जना अकबर महरा ,जिप चालक प्रकाश ठगुन्ना र मीनबहादुर पालको माया मेट्रोमा उपचार भइरहेको अस्पतालका पिआर म्यानेजर जगत महताले बताए।  

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको थियो। घाइते तीनै जनालाई हेलिकप्टर मार्फत धनगढी ल्याइएको थियो ।

घाइते एक जना बिक्रम महर भने सामान्य रहेका छन्। उनको दार्चुलामै उपचार भईरहेको छ।

कमेन्ट लोड गर्नुस