सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको ह्वाटसेव ह्याक

२०८२ चैत्र १६, ०८:४८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको ह्वाटसेव ह्याक भएको छ। मुख्यमन्त्री शाहको ९८५१२३८१५४ नम्बरको ह्वाटसेवबाट सहयोग रकम माग गर्न थालिएको हो। 

मुख्यमन्त्री शाहको नम्बरबाट विभिन्न व्याक्तिहरूलाई सहयोग रकम माग गरिएको छ। विभिन्न व्याक्तिहरूलाई ३० हजारका दरले रकम माग गर्न थालिएको हो। मुख्यमन्त्री शाहको सचिवालयले ह्वाटसेव ह्याक भएकाले म्यासेजको रिपलाई नगर्न भनेको छ। केही दिन अगाडि डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको ह्वाटसेवसमेत ह्याक भएको थियो।

कमेन्ट लोड गर्नुस