टीकापुरका एक जना फरार प्रतिबादी पक्राउ
२०८२ चैत्र १६, ०७:५१
धनगढीः कैलालीको टीकापुरका एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ महिना २० दिन कैद सजाय तोकिएको टीकापुर नगपालिका–१ ब्लक नम्बर ११ बस्ने बर्ष ३४ वर्षीय रनिस कडायत पक्राउ परेका हुन्। कडायतलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस