सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २४ घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने, ३० दिनमै प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु हुने

२०८२ चैत्र १४, १०:४५ खबर संवाददाता

 संवत् २०८२ भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारद्वारा एक उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ। उक्त समिति एक हप्ताभित्र गठन गरिने जनाइएको छ।
समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइनेछ। साथै, समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने सरकारको तयारी छ।
यसैबीच, विभिन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयनमा नआइ केवल अभिलेखमा सीमित रहने समस्यालाई समाधान गर्न पनि कदम चालिने भएको छ। सरकारका अनुसार ३० दिनभित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक तथा अभियोजन प्रक्रिया सुरु गरिनेछ।
सरकारले यस कदममार्फत जवाफदेहिता सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउने र शासन प्रणालीप्रतिको विश्वास मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस