सुदूर नेपाललाई विश्वसँग जोड्दै

लबदेब धामीको नेतृत्वमा दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको नयाँ कार्यसमिति चयन

२०८२ चैत्र १४, ०७:१८ खबर संवाददाता

धनगढीः दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको नयाँ कार्यसमिति चयन भएको छ। निवर्तमान अध्यक्ष सरस्वती महराको कार्यकाल सकिएपछि शनिबार सम्पन्न पाँचौँ अधिवेशनबाट लबदेब धामीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

समाजको नयाँ समितिमा अध्यक्ष लबदेब धामी चयन भएका छन् भने प्रथम उपाध्यक्षमा राकेश नेगी, द्वितीय उपाध्यक्षमा धीरज बिष्ट र महिला उपाध्यक्षमा अनिता मडै चयन भएका छन्। यस्तै सचिवमा गणेश धामी, सहसचिवमा निर्मला भट्टराई, कोषाध्यक्षमा शर्मिला धानुक र सह–कोषाध्यक्षमा किरण मडै सर्वसम्मत चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा सुरेन्द्र बोहरा, निर्मला भट्टराई, दीपक सिंह ऐर, रोशन बोहरा, दिपिन जोशी, भूपेन्द्र अवस्थी, पवित्रा कुमारी चन्द, भागरथी भट्टराई, महेश महरा, अनिषा भाट, उद्धव अवस्थी, कमल बोहरा र हिमाल धामी रहेका छन्।

दशरथ चन्द बैतडी समाज कैलालीका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा बोल्दै उनले विद्यार्थीहरूबीच एकता, सहकार्य र नेतृत्व विकासका लागि समाजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउन आग्रह गरे।

यस समाजले बैतडीबाट कैलालीमा अध्ययनरत विद्यार्थीहरूबीच आपसी सहयोग, शैक्षिक सचेतना अभिवृद्धि, सांस्कृतिक कार्यक्रम सञ्चालन तथा विभिन्न सामाजिक सेवामूलक कार्यहरू गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस