सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले सामुदायिक चौपायालाई २५ औं पटक गौशालामा राख्यो

२०८२ चैत्र १४, ०१:२७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अहिलेसम्म सार्वजनिक रुपमा छोडिएका चौपायालाई एकीकृत गरेर गौशालामा राख्दै आएको छ। उपमहानगरले नगर क्षेत्रमा छोडिएका सार्वजनिक चौपायाहरुलाई नगर प्रहरीको सहयोग र सहजीकरणमा गौशालामा पुगाउँदै आएको छ।

उपमहानरका अनुसार नगर क्षेत्रबाट २०७९ श्रावण ५ गते ८६ वटा चौपाया गौशालामा राखिएकोमा अहिलेसम्म २५ पटक सार्वजनिक चौपायालाई लगेर गौशालामा राखिएको छ।

उपमहानगरले २०७९ मा १४ पटकसम्म सार्वजनिक चौपाया एकीकृत गरेर गौशालामा राखेको जनाएको छ। यस्तै, २०८० मा चार पटक, २०८१ मा  तीन पटक बजार क्षेत्रमा छोडिएका चौपाया लगेर गौशालामा राखिएको उपमहानरपालिकाले जनाएको छ। धनगढी उपमहानरले २०८२ मा भने सार्वजनिक रुपमा छोडिएका चौपायालाई पाँच पटक एकीकृत गरेर गौशालामा लगेको जनाएको छ।

नगर प्रहरीको सहयोगमा सडकमा छोडिएका चौपायालाई गौशालामा राखी स्याहार सुसार गरिँदै आएको छ।

धनगढी उपमहानगरपालिकाकाको वडा नम्बर ७, १४ र १८ मा तीन वटा गौशाला सञ्चालनमा छन्।
 

कमेन्ट लोड गर्नुस