कैलालीमा भन्सार छलीका सामान बरामद
कैलाली: जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर भारतबाट ल्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ।
शुक्रबार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र टिकापुर नगरपालिका–९ बालुवाटार क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका सामान फेला पारेको हो।
बरामद गरिएका सामानमा चिनी, बिडी, सुर्ती, माछा लगायतका वस्तु रहेका छन्। ती सामानको अनुमानित मूल्य रु. ५८,२०० रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको टोलीले उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।