सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो

२०८२ चैत्र १४, १०:१५ खबर संवाददाता

काठमाडौँः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना भएका छन्।

उनीलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ। आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थियो।

मिर्गौला प्रत्यारोपण गरेका बिरामी भएकाले प्रारम्भमा उनलाई ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो। त्यहाँ नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो।

रगत परीक्षण, भिडियो एक्सरेलगायत आवश्यक जाँचपछि उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा सारेर भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस