ओली–लेखक पक्राउ सम्बन्धमा हर्क साम्पाङको आयो टिप्पणी
काठमाडौँः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका हुन्।
जेन्जी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली–लेखक पक्राउ परेका छन्।
हर्कले आफ्नो फेसबुमा लेखेका छन्, ‘मेरो कुरा ढिलो गरी बुझ्छन्! मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ, अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो,’ साम्पाङले लेखेका छन्, ‘अब हुुने भनेको यस्तै मात्रै हो! आन्दोलन, आन्दोलन अनि आन्दोलन!’