एमाले अध्यक्ष ओलीलाई राखिएको काठमाडौँ प्रहरी परिसरमा सुरक्षा व्यवस्था कडा
२०८२ चैत्र १४, ०८:११
काठमाडौँः एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउपछि काठमाडौँ प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
अध्यक्ष ओलीलाई आइतबार अदालतमा पेश गरिनेबारे छलफलसमेत भइरहेको छ।
उनलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेर भद्रकाली ल्याइएको हो।
उनलाई राखिएको काठमाडौँ प्रहरी परिसरमा सुरक्षाकर्मीको बाक्लो पहरा दिइएको छ।
कार्यालयअगाडि प्रहरीका गाडीहरू तैनाथ अवस्थामा राखिएका छन्।
कमेन्ट लोड गर्नुस