सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजैदेखि विरोधका कार्यक्रम गर्ने महेश बस्नेतको चेतावनी

२०८२ चैत्र १४, ०७:५३ खबर संवाददाता

काठमाडौँः पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलगत्तै एमालेले सचिवालय बैठक बोलाएको छ।

सचिवालय बैठक बिहान ८:३० का लागि बोलाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

सचिव बस्नेतले सुधन गुरुङजस्ता अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको र द्वन्द्वको अवस्था सिर्जना भएको उल्लेख गर्दै ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न’ एमालेले शनिबारदेखि प्रदर्शन सुरु गर्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले सचिवालय बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइने पनि उल्लेख गरेका छन्।

कमेन्ट लोड गर्नुस