भारतका विदेशमन्त्री जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई
२०८२ चैत्र १३, ०४:५७
काठमाडौँः भारतका विदेशमन्त्री डाक्टर एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।
विदेशमन्त्री डाक्टर जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनीसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन्।
कमेन्ट लोड गर्नुस