बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: पाँच महिला मन्त्री समावेश
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नयाँ मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन्।
प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ। प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेनले रक्षा र उद्योग मन्त्रालय पनि आफ्नै मातहतमा राख्ने भएका छन्।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोविता गौतम कानुन मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
यसैगरी, सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री बनेका छन्।
अन्य मन्त्रीहरूमा प्रतिभा रावल सामान्य प्रशासन, विक्रम तिमिल्सिना सञ्चार, दीपक साह (महोत्तरी) श्रम मन्त्री बनेका छन्।
शिक्षा मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ भने खड्क (गणेश) पौडेल पर्यटन मन्त्री बनेका छन्। यस्तै, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्।