बालेन नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट दुई मन्त्री
काठमाडौँः बालेन शाह नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट दुई जना मन्त्री बन्ने भएका छन्। रास्वपाले कञ्चनपुरकी र गीता चौधरीलाई मन्त्री बनाउने भएको हो। बालेन सरकारमा प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी छ भने गीता चौधरी कृषि मन्त्री बन्ने स्रोतले बतायो।
प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी रावलको घर कञ्चनपुर हो। उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतमा काम गरेकी थिइन्।
रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिन्। रास्वपा गठन भएपछि केही महिनामै केन्द्रीय समिति बिस्तार भएको थियो। त्यही बेलादेखि उनी पनि प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी हुन्।
यस्तै, कञ्चनपुरकी गीता चौधरी कृषिमन्त्री बन्ने लगभग निश्चित भएको रास्वपा स्रोतले बतायो। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय गीता चौधरी अधिवक्ता हुन्।