सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलि गरिएका सामान बरामद

२०८२ चैत्र १३, ०९:२० खबर संवाददाता

कैलाली: जिल्लाको विभिन्न स्थानबाट भन्सार छलि गरि अवैध रूपमा भारतबाट ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–०२ हल्दुघाट तथा वडा नं. ०३ त्रिनगर व्यारेल क्षेत्रमा बेवारिसे अवस्थामा रहेका सामान फेला पारेको हो।

प्रहरीका अनुसार अन्दाजी मूल्य रु. १ लाख ५ हजार बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती तथा चुरोट लगायतका सामग्री बरामद गरिएको छ।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस