धनगढीका एक जना १६ दिनदेखि सम्पर्कविहीन
धनगढीः धनगढीका एक जना १६ दिनदेखि सम्पर्कविहीन भएका छन्।
धनगढी उपमहानगरपालिका–१ शान्तिनगरको मनकामना टोल बस्ने ३० वर्षीय रुनि आउजी सम्पर्कविहीन भएका हुन्। रुनि गत फागुन २७ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा प्रेम आउजीले बताए। छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा समेत निवेदन दिएको भएपनि अहिलेसम्म छोरा फेला नपरेको उनले बताए।
उनलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन बुवाले आग्रह गरेका छन्। आफ्नो छोरा हराएकाले खोजी कार्यका लागि आउजीले सबैलाई आग्रह समेत गरेका छन्। प्रहरीले पनि उनको खोजी भइरहेको जनाएको छ।