सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हिरोईनसहित २ जना युवक पक्राउ

२०८२ चैत्र ११, ०८:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हिरोईनसहित २ जना युवक पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका१ बन्साहबाट खैरो हिरोईन १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१ भासि बस्ने २० वर्षीय आकाश चौधरी र सोही नगरपालिका–२ भासि बस्ने २१ वर्षीय अबिषेक चौधरी रहेका छन्। अस्थायी प्रहरी पोष्ट बन्साह, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस