सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चरेससहित एक युवक पक्राउ

file photo
file photo
२०८२ चैत्र ८, ०९:२३ खबर संवाददाता

दार्चुला: दार्चुला जिल्लाको महाकाली नगरपालिका–१, लास्कु खोलाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

ब्यास गाउँपालिका–४, दुम्लिङ निवासी २२ वर्षीय बिराज कामीलाई ८ ग्राम चरेस जस्तो देखिने कालो पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस