बैतडीमा ट्रक दुर्घटना : चालकसहित ४ जना घाइते
२०८२ चैत्र ७, ११:२७
बैतडी: बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। जयपृथ्वी राजमार्गअन्तर्गत झ्याउलेक मोडमा नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक शुक्रबार राति दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
कमेन्ट लोड गर्नुस