सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एकजना घाइते

२०८२ चैत्र ४, ०१:३२ खबर संवाददाता

विराटनगर: खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थित खार्तम्छा बालाबेँसी क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै घटनामा कुनै ठूलो मानवीय क्षति नभएको जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार अवतरणको क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन्।

हेलिकप्टरमा क्याप्टेनसहित कुल ६ जना सवार रहेको बताइएको छ।

केपिलासगढी गाउँपालिका–२ का वडाअध्यक्ष मिलन राईले पनि एकजना घाइते भएको प्रारम्भिक जानकारी आएको उल्लेख गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताए।

कमेन्ट लोड गर्नुस