धनगढीबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।
धनगढी–१५ कनरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ साठि हजार नौ सय बराबरको हाडवेयर लगायतका सामान र से ५ प २६२३ नम्बरको मोटरसाइकलसहित मोटरसाइकल चालक कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २८ वर्षीय खडक बिर चौधरी र मोटरसाइकल पछाडी सवार भजनी नगरपालिका–९ बस्ने ३७ वर्षीय रामनारायण चौधरी पक्राउ परेका हुन्। उनीहरुलाई बिहीबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको गस्ती टोलीले फेला पारी उक्त मोटरसाइकल र सामानसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।