सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा समानुपातिकतर्फ रास्वपा पहिलो, २३ हजारभन्दा बढी मत प्राप्त

२०८२ फाल्गुन २६, ११:२५ खबर संवाददाता

बैतडी: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।

रास्वपाले समानुपातिकतर्फ २३ हजार ७३६ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पनि रास्वपाका हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका थिए।

यसैगरी नेकपा एमालेले समानुपातिकतर्फ १६ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत पाएका थिए।

नेपाली कांग्रेस समानुपातिकतर्फ १५ हजार ९०७ मतसहित तेस्रो स्थानमा रहेको छ। प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका थिए।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फ ६ हजार ३३५ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९६५ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत ल्याएका थिए।

बैतडीमा समानुपातिकतर्फ कुल ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन्। यससँगै समानुपातिकतर्फ ६८ हजार १८२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस